बिबाह गरेको केही दिनमै पति रोहितलाई नेपालमा नै छाडेर विदेश उडीन् केकी — OSNepal

बिबाह गरेको केही दिनमै पति रोहितलाई नेपालमा नै छाडेर विदेश उडीन् केकी

LC (KTM) May 02, 2022 0

नयाँ बर्ष नेपाली सिने जगतका अभिनेत्रीहरुका लागि अत्यन्तै फलदायी बन्यो । नयाँ बर्षमै नायिका केकी अधिकारी, बर्षा शिवाकोटी लगायत अभिनेत्रीहरुको गुपचुपमा बिबाह भयो । यो देखेर उनीहरुका फ्यान जिल्ल परे । कहि कतै सुँइको समेत नपाएका फ्यानहरुलाई एक्कासी बिबाह र इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जालमा असरल्ल छरिएर आए पछि दर्शक तथा फ्यानहरु जिल्ल त पर्ने नै भए ।

अहिले दुबै अभिनेत्रीहरु आफ्नो नव दाम्पत्य जिवन खुशी साथ ब्यतित गरिरहेका छन् । तर केही दिन अघि मात्र केकी अधिकारी एक्कासी बिमानस्थलमा देखिदा दर्शकहरु लाई अर्काे सरप्राइज बन्यो । व्यवसायी रोहित तिवारीसंग लगनगाँठो कसेर हनिमुन यात्रामै लिप्त रहने बेलामा उनी अमेरिका उडेकी छिन् । यसले आम दर्शक तथा फ्यानहरुलाई झनै कौतुहलता थपि दिएको छ ।

उनी आफ्ना श्रीमान् रोहीत लाई एक्लै छोडेर अमेरिका प्रस्थान गरेकी हुन् । उनी मिल्ने साथी रिमा विश्वकर्माको साथमा श्रीमान् लाई छोडेर अमेरिका उडेकी हुन् ।उनले बिमानस्थलमा केही पत्रकार संग कुरा गर्दै कामको सिलसिलामा अमेरिका उडेको जानकारी दिईन् । नायिका केकी अमेरिकामा हुन लागेको मेरो डान्स कप र मेरो भोइस कपको छायांकनका लागि अमेरिका उडेकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर