काठमाडौं १९ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशभरबाट विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, ७५३ स्थानिय तहमा १७० वटा वडामा भने दलित महिला सदस्यमा उम्मेदवारी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दिएको जानकारी अनुसार उम्मेदवार नपरेको स्थानमा पद नै खाली हुने भएको छ ।
निर्वाचन आयोगको सोमबारको पत्रकार सम्मेलनमा यस विषयमा जानकारी गराएको हो ।