काठमाडौं १९ वैशाख । आईजीपी नियुक्तको विरुद्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटको बुधबार सुनुवाई हुने भएको छ ।
आइतबार सरकारले आफूभन्दा जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि अशन्तुष्ट रहेका पोखरेलले सोमबार रिट दायर गरेका हुन् ।
वरिष्ठता, कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको भन्दै पोखरेलले रिटमा उल्लेख गरेका छन् ।
सरकारले वरियताको क्रम मिचेर आज नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि आईजीपीको दौडमा रहेका पोखरेल, थापा सर्वोच्च अदालत पुगेका हुन् ।