काठमाडौं १९ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि ७५३ स्थानिय तहका लागि १ करोड ३२ लाख ४६४ मत पत्र ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दिएको जानकारी अनुसार अब काठमाडौंबाट नजिकका बागमति र मधेश प्रदेशमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको छ ।
आयोगले आयोजना गरेको नियमति पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस विषयमा जानकारी गराएका हुन् ।