अस्पतालको बेडमा बेहोस अवस्थामा देखिए मिथुन चक्रवर्ती, यस्तो छ अवस्था — OSNepal

अस्पतालको बेडमा बेहोस अवस्थामा देखिए मिथुन चक्रवर्ती, यस्तो छ अवस्था

LC (KTM) May 02, 2022 0

सामाजिक सञ्जालमा एउटा तस्विर निकै भाइरल भइरहेको छ । यो तस्विरमा दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतिरहेको देख्न सकिन्छ । यो तस्बिर भाइरल भएदेखि नै उनका फ्यानहरूले मिथुन चक्रवर्तीको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । मिथुन चक्रवर्तीको तस्बिर भाइरल भएपछि उनको स्वास्थ्यलाई लिएर धेरै समाचार बाहिर आइरहेका छन् ।

जसमा उनका छोरा मिमोह चक्रवर्तीले उनको बारेमा जानकारी दिएका छन् । मिथुन चक्रवर्ती मिर्गौलामा पत्थरीको समस्याका कारण अस्पताल भर्ना भएको अभिनेताका छोराले बताए । बुवाको स्वास्थ्यसँग सम्बन्धित जानकारी दिँदै छोरा मिमोह चक्रवर्तीले भनेका छन्– मिथुन चक्रवर्तीलाई मिर्गौलामा पत्थरीको समस्या थियो । जसका कारण उनलाई बैंगलोरको अस्पतालमा भर्ना गरिएको थियो । तस्बिरमा उनी अचेत अवस्थामा पल्टिएको देखिन्छ ।

अहिले उनी पूर्ण रुपमा ठिक छिन् । उनी पनि अहिले डिस्चार्ज भइसकेका छन् । अहिले अभिनेता घरमै आराम गरिरहेका छन् । छोराले दिएको जानकारीपछि उनका फ्यानहरु अहिले निकै खुसी देखिएका छन् । अनि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्न थालेका छन् । मिथुन चक्रवर्तीको बारेमा सुनेपछि मानिसहरुले विभिन्न किसिमका अफवाह फैलाएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर