भीम रावलको प्रश्न : कुन विकास आयोजनासम्बन्धी सम्झौता राजपत्रमा छापिएका छन् ? — OSNepal

भीम रावलको प्रश्न : कुन विकास आयोजनासम्बन्धी सम्झौता राजपत्रमा छापिएका छन् ?

LC (KTM) May 02, 2022 0

काठमाडौं १९ वैशाख । नेकपा एमालेका नेता डा भीम रावलले एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएको भन्दै आपत्ती जनाएका छन् ।

नेता रावलले एमसीसी सम्झौता रापत्रमा प्रकाशित भएसँगै अब नेपालको आन्तिरिक मामिलामा हस्तक्षे सुरु भएको समेत बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता रावलले अरु देशसंगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा नछापिएको भन्दै यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु भएको दावी गरेका छन् ।

‘अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं।अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्।’ उनले भनेका छन् । एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ।के अरु देशसंगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन्रुछैन। रावलको तर्क रहेको छ ।

‘एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ।के अरु देशसंगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ? छैन। यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ।अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं।अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर