काठमाडौ १९ वैशाख । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवार दिएका नेकपा एमालेका १५ जना साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन भएका छन् ।
निष्काशित हुनेमा देवदह नगरपालिका वडा नम्बर १ का हरिबहादुर तामाङ, देवदह ५ का तोलराज बिक, देवदह ७ का पदम थापा, ओमसतिया २ का इन्द्रजीत यादव, ओमसतिया ४ का बेचुराम जयसवाल र रामशंकर चाई रहेका छन् ।
साथै , सियारी ४ का श्रीप्रसाद श्रेष्ठ, गैंडहवा ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा ६ का हरि पाण्डे र तिलोत्तमा ५ का हरि पौडेलको नाम पनि परेको छ ।
पार्टीबाट निस्कासनमा पर्नेमा रोहिणी १ का अनिता हरिजन, रोहिणी २ का कान्छा कोहार, रोहिणी ४ का नन्दकिशोर कुर्मी, रोहिणी ५ का पशुपतिनाथ यादव र बुटवल १६ की बबिता आचार्य समेत रहेका छन् ।
यो पनि …
निर्वाचनको मुखैमा एमालेले ६ जनालाई पार्टीबाट निष्काशन गर्यो
बुटवल १९ वैशाख । निर्वाचनको मुखैमा नेकपा एमालेले ६ जना प्रदेश कमिटीका सदस्यलाई निष्काशन गरेको छ । पार्टीको निणर्यविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको हो ।
पार्टीबाट निष्काशित हुनेमा स्वतन्त्र उम्मेदवार दिएका पनि परेका छन् । जसमा कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर गुरुंग, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन् ।
एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सोमबार एक विज्ञप्ती ने सार्वजनिक गरेर पार्टीबाट ६ जना निष्काशन गरेको जानकारी गराएका हुन् । पार्टीमा देखिएको अनुशासनहीनता क्षम्य हुन नसक्ने विज्ञप्तीमा बताइएको छ ।