काठमाडौं १९ वैशाख । आईजीपी नियुक्तको विरुद्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
आफूभन्दा जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सरकारले वरियताको क्रम मिचेर आज नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि आईजीपीको दौडमा रहेका पोखरेल, थापा सर्वोच्च अदालत पुगेका हुन् ।
प्रहरी महानिरीक्षक छनोटमा भने प्रधानमन्त्री शेरबहादु र देउवाले वरियताक्रम नै मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेका हुन् ।