काठमाडौं १९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन सुझाव दिएको छ ।
सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई समेत प्राथमिकता दिन सुझाव दिएको छ ।
साथै, महासंघले ५० करोड रुपैयाँ भन्दा बढी लगानी हुने पर्यटन पूर्वाधारका परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने , नेपाललाई शिक्षण गन्तब्यमा रुपमा आकर्षित गर्नुपर्ने , छिमेकी मुलुकबाट बैवाहिक समारोहमा आउँदा गरगहना ल्याउने प्रक्रियालाई सहज बनाउन समेत सुझाव दिएका छन् ।
साथै ,उक्त कार्यक्रममा महासंघले ५० करोड रुपैयाँ भन्दा बढी लगानी हुने पर्यटन पूर्वाधारका परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्न समेत मन्त्री शर्मालाई सुझाव दिएको छ ।