काठमाडौं १९ वैशाख । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आज दर्ज्यानी चिन्ह लगाएका छन् ।
सोमबार एक कार्यक्रमका साथ गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि पत्रकारहरुसँग बोल्दै अर्यालले पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गर्ने बताएका छन् ।
प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउने बताएका उनले हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको सुरुवात गरिने बताएका छन् ।
बिदा प्रणालीलाई डिजिटलाइज सिष्टममा लैजाने तथा संगठनको इन्ष्टिट्युसनल मेमरीलाई प्रविधियुक्त बनाउने पनि उनले बताएका छन् ।
आर्थिक पारदर्शिता आफ्नो प्राथमिकतामा रहेको अर्यालले पत्रकारहरुसँगको कुराकानीमा भने ।