काठमाडौ १९ वैशाख । नेपाली कांग्रेसका तर्फबाट उमेदवार दिएका गोरखा पालुङटारमा नगरपालिकाका ५२ जनाले सामूहिक राजीनामा दिएका छन् ।राजीनामा दिनेमा १० वटै वडाबाट उम्मेदवारी दिएका नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य रहेका छन् ।
केन्द्रले गोरखामा जनता समाजवादी पार्टीलाई नेतृत्व दिने गरी परिपत्र गरेर उमेदवारी फिर्ता गराएपछि उम्मेदवार सबैले सामुहिक राजीनामा दिएका हुन् । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइको दबाबका कारण नेपाली कांग्रेस पालुङटारले आफ्नो नगर प्रमुख पदको उमेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक भएको उनीहरुले बताएका छन् ।
आफ्नो नगर प्रमुख पदको उमेदवारी फिर्ता गरि अन्य कुनै पार्टीको उमेदवारलाई समर्थन गर्नु पर्ने भएमा सामुहिक राजीनामा दिन तयार भएको उक्त राजीनामा भनिएको छ ।
उक्त सामुहिक राजीनामामा भनिएको छ , ‘विभिन्न सञ्चारमाध्यकमा आएका समाचारअनुसार जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराइको दबाबकै कारण नेपाली कांग्रेस पालुङटारले आफ्नो नगर प्रमुख पदको उमेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक छ । यसको घोर भ्रत्सर्ना गर्दछ । यदि नगर प्रमुख पदको उमेदवारी फिर्ता गरि अन्य कुनै पार्टीको उमेदवारलाई समर्थन गर्नुपरेमा नेपाली कांग्रेस पालुङटार नगरपालिकाको सबै ५२ जना उमेदवारहरुकै सामूहिक रुपमा राजीनामा दिने निर्णय गर्दछौँ।
‘निर्वाचन अधिकृतको कार्यालय पालुङटारले २०७९ वैशाख १६ गते दिनको ठिक ६ बजे प्रकाशन गरेको उमेदवारहरुको अन्तिम नामावलीमा नेपाली कांग्रेसको तर्फबाट उमेदवारी दिएका ५२ जनाकै नाम संलग्न रहेको जानकारीसमेत गराउन चाहन्छौँ’।