ओटिटी प्लेटफर्म नेटफ्लिक्समार्फत प्रदर्शनमा आयो आलियाको ‘गंगुबाई कठियावाडी’ — OSNepal

ओटिटी प्लेटफर्म नेटफ्लिक्समार्फत प्रदर्शनमा आयो आलियाको ‘गंगुबाई कठियावाडी’

LC (KTM) May 02, 2022 0

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट अभिनीत चलचित्र ‘गंगुबाई कठियावाडी’ ओटिटी प्लेटफर्म नेटफ्लिक्समार्फत प्रदर्शनमा आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र हलमा प्रदर्शन भएको दुई महिनापछि मंगलबारदेखि नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो ।

यो चलचित्र गत फेब्रअरी २५ मा हलमा प्रदर्शन भएको थियो । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रमा अभिनेत्री आलिया मुम्बईको कमाठीपुरस्थित एक वेश्यालय चलाउने भूमिकामा प्रस्तुत भएकी छन् । ‘द माफिया क्विन अफ मुम्बई’ पुस्तकमा आधारित यो चलचित्रमा अभिनेता अजय देवगणको समेत भूमिका छ ।

हलमा निकै रुचाइएको यो चलचित्र नेटफ्लिक्समा हिन्दी र तेलेगू भाषामा सार्वजनिक हुने भएको छ ।सौर्य दैनिकमा खबर छ । चलचित्रले अहिलेसम्म झण्डै दुई सय करोड भारू कमाइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो पनि पढ्नुहोस् -मत माग्न घरदैलोमा उम्मेदवार:आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा ९एमाले०ले प्रतिबद्धता पत्र सार्वजनिक ग¥यो ।

अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले बानपा ४ र ५ बाट घरदैलो अभियान सुरुआत गरेको छ । एमाले र राप्रपाको तालमेल अनुसार नगरपालिकामा संयुक्त घरदैले कार्यक्रम सुरु गरेको छ भने अहिले मतदाताको घरदैलोमा विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरु भोगमागन व्यस्त देखिएका छन् । मतदातालाई घेट्न उम्मेदवार खेत, बारी र धारामा पुग्ने गरेको देखिन्छ । विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ उम्मेदवार पुग्न थालेको देखिन्छ ।

अहिले गठबन्धन र एमालेले सामाजिक सन्जालको भरपुर उपयोग गरेर चुनावी प्रचारमा दलका उम्मेदवार लागेका छन् । गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । दलहरू प्रचारप्रसारमा नयाँनयाँ शैली अपनाइराखेका छन् ।

उम्मेदवार घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारीले समेत आफ्नो चुनाव चिह्न लिएर मतमाग्न व्यस्त देखिएका छन् । गठबन्धले जैमिनी, गलकोट र ढोरपाटन नगरपालिका तथा बडिगाड , बरेङ र निसीखोलाम गाउँपालिकामा चुनावी सभा र घरदैलोलाई तीव्रता दिइएको कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिनुभयो ।

एमालेले बागलुङ नगरमा आइतबारदेखि घरदैलो कार्यक्रम सुरु गरेको एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले जानकारी दिनुभयो ।

गठबन्धले अहिले चुनावी प्रतिबद्धता पत्र बनाउनसमेत जुटिरहेको छ भने एमालेले बानपा र गलकोटमा चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर