कुलोका विषयमा वि वाद हुँदै गर्दा एक युवाले गो ली चलाएपछि ... — OSNepal

कुलोका विषयमा वि वाद हुँदै गर्दा एक युवाले गो ली चलाएपछि …

LC (KTM) June 11, 2021 0

दाङ, २८ जेठ : तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको वि वाद भएपछि स्थानीयवासी एक युवाले गो ली चलाएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गो ली चलाएका हुन् ।

उनले चलाएको गो ली कसैलाई पनि लागेन । उनले भारतबाट पे स्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । आज दिउँसो १ः०० बजेतिर पे स्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले सोही वडाको टिकरीबाट पक्राउ गरेको हो ।

उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाइरहेका तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ । प्रहरीले पेस्तोलसहित छ राउन्ड गो ली पनि बरामद गरेको जनाएको छ । भारतमा बस्दै आएका पूर्णबहादुर केही समयअघि घर आएका थिए । भारतबाट आउँदा आफूले पे स्तोल ल्याएको प्रहरीसमक्ष बयान दिएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर