बार्सिलोनाको जितमा मेम्फिस र बुस्केटको गोल — OSNepal

बार्सिलोनाको जितमा मेम्फिस र बुस्केटको गोल

LC (KTM) May 02, 2022 0

काठमाडौं, १९ वैशाख : आरसीडी मालोर्कालाई २-१ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा मेम्फिस डिपाए र कप्तान सर्जियो बुस्केटले एक एक गोल गरे ।

मालोर्काको लागि एन्थोनियोले सान्त्वना गोल गरे । जितपछी सिजनको सुरुआत खराब प्रदर्शनबाट सुरु गरेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।बार्सिलोनाको ३४ खेलबाट ६६ अंक छ । समान खेलबाट सेभिया ६४ अंक सहित सेभिया तेस्रो स्थानमा छ । चार खेल अघि नै लिग उपाधी जितेको रियल ८१ अंक सहित शीर्ष स्थानमा छ ।

यो पनि : एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित : इटालियन सिरी ए फुटबल अन्तरगत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन् ।

उपाधी दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हरायो ।इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे । उडिनेसका लागि पुसेटोले एक गोल गरे । अर्को खेलमा एसी मिलानले फियोरेन्टिनालाई १-० अन्तरले हरायो ।

मिलानको जितमा राफायल लिओले खेल सकिन आठ मिनेट अघि निर्णायक गोल गरे । यस्तै अर्को खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे ।

भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे । खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । समान ३५ खेल खेलेको एसि मिलान ७७ अंक सहित पहिलो, ७५ अंकको इन्टर मिलान दोस्रो र ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर