१४ वर्षको करियरमा अनुष्का शर्माले बनाइन् यति धेरै सम्पत्ति, फिल्म हिट भएर पनि अवार्ड नपाउँदा डाको छोडेर रोईन् — OSNepal

१४ वर्षको करियरमा अनुष्का शर्माले बनाइन् यति धेरै सम्पत्ति, फिल्म हिट भएर पनि अवार्ड नपाउँदा डाको छोडेर रोईन्

LC (KTM) May 01, 2022 0

अनुष्का शर्माको जन्म १ मे १९८८ मा भएको थियो । अनुष्का शर्माले शाहरुख खानको अपोजिट फिल्म ‘रब ने बना दी जोडी’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । यो फिल्मले दर्शकको राम्रो साथ पाएको थियो भने फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । अनुष्का शर्माका धेरै फिल्म लगातार हिट भएका छन् । त्यसपछि अनुष्का शर्माले राम्रो चर्चा पाइन् ।

यो सँगै अनुष्का शर्माको फिल्म एकपछि अर्को हिट हुन थाल्यो । यसैलाई मध्यनजर गर्दै अनुष्का शर्माले पनि आफ्नो पारिश्रमिक बढाएकी छिन् । समाचारका अनुसार अनुष्का शर्माले ७ देखि १० करोडसम्म शुल्क लिने गर्दथिन् । नायिकाले धेरै राम्रा फिल्ममा काम गरिसकेकी छन् जुन सुपरहिट साबित भएका छन् । नायिकासँग सम्बन्धित केही रोचक कुराहरुको बारेमा आज जानकारी दिदैछौ । अनुष्का शर्माको परिवारको कुरा गर्ने हो भने उनका आमाबुवा आशिमा शर्मा र अजय कुमार शर्मा हुन् ।

उहाँको बुबा आर्मी अफिसर हुनुहुन्थ्यो । उनका बुबाले पनि कारगिल वार्डमा महत्वपूर्ण भूमिका दिएका थिए । अनुष्का शर्माका भाइको कुरा गर्ने हो भने भाइ कर्णेश शर्मा फिल्म निर्माता हुन् । एक अन्तर्वार्ताका क्रममा अनुष्का शर्माले आफू एक आर्मी अफिसरकी छोरी हुँ भन्न पाउँदा निकै गर्व लागेको बताएकी थिइन्, जसको अर्थ अभिनेत्री हुनुभन्दा पनि उनलाई यस कुरामा बढी गर्व महशुस हुन्छ । उनी भन्छिन्– मलाई मेरो बुबामा धेरै गर्व छ। अनुष्का शर्माले भारतीय क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी छन् ।

निकै सुन्दर देखिने यो जोडीको वामिका नामकी छोरी पनि छिन् । रब ने बना दी जोडीको सफलतापछि अनुष्काले पछाडि फर्केर हेर्नु परेन, उनले धेरै फिल्ममा काम गरेर करोडौंको सम्पत्ति कमाएकी छिन् । आज पनि अनुष्का शर्मा एक विज्ञापनका लागि लाखौं रुपैयाँ लिन्छिन् । उनी धेरै ठूला ब्रान्डका लागि काम गर्छिन् । उनी विज्ञापन फिल्म र एन्डोर्समेन्टका लागि करिब १०-१२ लाख रुपैयाँ लिन्छिन्। यसबाहेक अभिनेत्रीसँग दिल्ली मुम्बईमा धेरै गाडी र करोडौंको घर पनि छ । जसको मुल्य करोडमा छ ।

विराट कोहलीसँग विवाह गरेपछि यो जोडीको नेटवर्थ बढेको छ । सन् २०१९ को कुरा गर्ने हो भने अभिनेत्री ३ सय करोडको मालिक थिइन् । जहाँ २०१९ मा विराट कोहलीको सम्पत्ति ९०० करोड थियो । सन् २०१९ मा विराट अनुष्काको कुल सम्पत्ति १२ अर्ब रुपैयाँ थियो । एक अन्तर्वार्तामा उनले आफ्नो पहिलो फिल्म हिट भएपछि अवार्ड पक्कै पाउनेमा आशावादी रहेको बताएकि थिईन् । त्यतिबेला, उनी फिल्मफेयरको सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको श्रेणीमा पनि मनोनित भएकी थिइन्। तर असिनले अवार्ड पाएकी थिइन् र उनी सहन सकिनन् । घर गएर धेरै रोइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर