काठमाडौं १८ वैशाख । नेपाल प्रहरीका र सशस्त्र प्रहरीका नवनियुक्त महानिरिक्षक (आईजीपी)धिरज प्रताप सिंह र राजु अर्याल सोमबार बिहान फुली लगाउने भएका छन् ।
गृहमन्त्रालयमा बिहान ८स्४५ आयोजित एक कार्यक्रमका बिच नवनियुक्त महानिरिक्षक (आईजीपी)लाई फुली लगाउने मन्त्रालयले जनाएको छ । आइतबार बसेको मन्त्रि परिषद्को बैठकले दुबै जनालाई महानिरिक्षकमा बढुवा गरेको हो ।
यो पनि …
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेश थापा र पुष्पराम केसीले पाए आफ्नो ३० वर्षे सेवाबाट अवकाश
काठमाडौं १८ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई
३० वर्षे सेवाबाट विदाई दिएका छन् ।
आइतबार सेवा अवधि सकिएका क्षेत्री र केसी मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँडले विदाई गरेका हुन् । ३० वर्षे सेवा हदसँगै आइतबारदेखि उनीहरूले अवकाश पाएका हुन् ।
यसैगरी, आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवावधि आजदेखि सकिएको हो । अवकाश पाउनेमा चार जना अतिरिक्त महानिरीक्षक ९एआईजीप० हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन् ।
साथै, ११ जना डीआईजीहरूमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा। देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार र प्रकाश अधिकारीले पनि अनिवार्य अवकाश पाएका हुन् ।