नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेश थापा र पुष्पराम केसीले पाए आफ्नो ३० वर्षे सेवाबाट अवकाश — OSNepal

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेश थापा र पुष्पराम केसीले पाए आफ्नो ३० वर्षे सेवाबाट अवकाश

LC (KTM) May 01, 2022 0

काठमाडौं १८ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई
३० वर्षे सेवाबाट विदाई दिएका छन् ।

आइतबार सेवा अवधि सकिएका क्षेत्री र केसी मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँडले विदाई गरेका हुन् । ३० वर्षे सेवा हदसँगै आइतबारदेखि उनीहरूले अवकाश पाएका हुन् ।

यसैगरी, आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवावधि आजदेखि सकिएको हो । अवकाश पाउनेमा चार जना अतिरिक्त महानिरीक्षक (एआईजीप) हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन् ।

साथै, ११ जना डीआईजीहरूमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार र प्रकाश अधिकारीले पनि अनिवार्य अवकाश पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर