काठमाडौं १८ वैशाख । वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार दिएकाहरुले प्रचार प्रसार गर्नको लागि तोके भन्दा बढी खर्च गर्न नपाउने भन्दै खर्च तालिका सार्वजनिक गरेको छ ।
आयोगले दिएको जानकारी अनुसार महानगरका मेयर र उपमेयरका उम्मेदवारले सात लाख ५० हजारभन्दा बढी खर्च गर्न नपाउने बताइएको छ । वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्या सदस्यले बढीमा ३ लाख भन्दा बढी खर्च गर्न नपाउने उल्लेख गरिएको छ ।
उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारले बढीमा पाँच लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने , वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्याक सदस्यले बढीमा दुई लाख ५० हजार रुपैयाँ खर्च बताइएको छ ।
त्यसै गरी, नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा चार लाख ५० हजार तथा वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्या सदस्यले दुई लाखसम्म खर्च गर्न सुचनामा उल्लेख गरिएको छ ।