काठमाडौ १८ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै सरकारले गरेको नेपाल प्रहरी महानिरीक्षक आईजीपी को नियुक्तको विषयमा विरोध जनाएका छन् ।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो एकल निणर्य गर्दै वरियता क्रम मिचेर एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक ९आईजीपी० मा बढुवा गरेपछि उनले विरोध जनाएका हुन् ।
वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको बताएका उनले सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको दावी गरेका छन् ।
‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।’उनले अघि भनेका छन्,
‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।’
वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।
सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।— Dr Shekhar Koirala (@Shekharnc) May 1, 2022