काठमाडौं १८ वैशाख । नेपाल प्रहरीको प्रमुख आईजीपीमा एआईजी विश्वराज पोखरेल नाम प्रस्ताव अघि सारिएको छ । गृह मन्त्रालयले पोखरेललाई प्रहरी प्रमुख आईजीपी नियुक्त गर्न प्रस्ताव गरेको हो ।
वरीयतामा पोखरेल अगाडि रहेकाले पोखरेलको नाम अघि सारिएको मन्त्रालयले जनाएको छ ।
वरियताको क्रममा ४ जना एआईजीहरु आईजीपीको दौडमा रहेका छन् । जसमा विश्वराज पोखरेल, शहकुल थापा, धिरज प्रताप सिंह र रविन्द्र धानुक रहेका छन् ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले वरियता क्रम मिचेर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने तयारी गर्दा कानुनी समस्यासँग जुद्नु पर्ने देखिएपछि गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गोविन्द बन्दी र नेपाली काँग्रेसका अन्य शिर्ष नेताहरुले धिरजको नियुक्तिमा असमर्थन जनाएको बुझिएको छ ।