खुशीको खबर आज पनि संक्रमित भन्दा निको हुने धेरै, ५२२५ जनाले जिते कोरोना — OSNepal

खुशीको खबर आज पनि संक्रमित भन्दा निको हुने धेरै, ५२२५ जनाले जिते कोरोना

LC (KTM) June 11, 2021 0

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै संक्रमण मुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ । पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा निको हुने दर ८६।२ प्रतिशत रहेको छ भने मृत्यु हुने दर १।६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर