काठमाडौं १८ वैशाख । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको लागि समझदारी अनुरुप आ आफ्नो दललाई आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने निणर्य गरेको छ ।
आइतबार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले यस्तो निणर्य गरेको हो ।
बैठकले पाँच दलीय गठबन्धनमासमझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने निणर्य गरेको हो ।
यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको बताइएको छ ।