चितवन १८ वैशाख । चितवनको खैरहनीमा घाँस काट्न गएका एक पुरुषको बाघको आक्रमणबाट ज्यान गएको छ ।
खैरहनी नगरपालिका–१३ बैरिया बस्ने ६६ वर्षीय नारायण दाहालको आज विहान ८ बजे घाँस काट्न बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
बाघले आक्रमण गरेको सुचा पाएलगत्तै राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले खोजी कार्य सुरु गरेको थियो । दाहालको शव घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामाआक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा बरामत भएको थियो ।
उनको शव अहिले मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।