पक्राउ परेको भोलिपल्टै २ हजार तिरेर रिहा भए डन गणेश लामा — OSNepal

पक्राउ परेको भोलिपल्टै २ हजार तिरेर रिहा भए डन गणेश लामा

LC (KTM) June 11, 2021 0

काठमाडौँ २८ जेठ । पक्राउ परेको भोलिपल्टै डन गणेश लामा रिहा भएका छन् । पोखराको एक रेष्टुरेन्टबाट गएराति प्रक्राउ परेका लामा २ हजार जरिवाना तिरेर रिहा भएका हुन् ।

निषेधाज्ञाको समयमा नियम उल्लंघन गरेर पोखरा आएको भन्दै प्रहरीले लामा सहित ३ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीबाट लामालाई रिहा गर्न आदेश आएपछि रिहा गरिएको नेविसंघ कास्कीका नेता सरोज केसीले जनाए ।

कांग्रेस पार्टीको निर्देशनमा पोखरा आएको लामाले दावी गरेका गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर