अवैध रुपमा भित्रीएका ८ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा — OSNepal

अवैध रुपमा भित्रीएका ८ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा

LC (KTM) June 11, 2021 0

पर्सा २८ जेठ । अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभई अवैध रुपमा भित्रीएका ८ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई भंसार बुझाएको छ ।

गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा भित्र्याइएका ती मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट वेवारिसे अवस्थामा फेला परी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर