महाधिवेशनको समय नजिकिदै गर्दा दवावमा परेका सभापति देउवाले बोलाए,पदाधिकारीको बैठक — OSNepal

महाधिवेशनको समय नजिकिदै गर्दा दवावमा परेका सभापति देउवाले बोलाए,पदाधिकारीको बैठक

LC (KTM) June 11, 2021 0

काठमाडौंँ २८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । भोली शनिबार दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा देउवाले बैठक बोलाएका हुन् ।

पार्टीको १४ महाधिवेशनको समय नजिकिदै गर्दा सभापति देउवाले महाधिवेशनको विषयमा छलफल गर्न भोली बैठक बोलाएका हुन् । देउवाको स्कीय सचिव भानु देउवाले दिएको जानकारी अनुसार कोरोनाको यो विषम परिस्थितिमा पनि भदौभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यताका कारण महाधिवेशन गर्ने पर्ने भएकाले यसको विकल्पको खोपी हुने भएको छ ।

यसभन्दा अघि नै देउवाले विज्ञप्ती मार्फत तोकिएको समयमा नै महाधिवेशन हुनेमा विश्वास दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर