सलमानको संगत गरेपछि यी नायिकाको पनि भाग्य चम्कियो — OSNepal

सलमानको संगत गरेपछि यी नायिकाको पनि भाग्य चम्कियो

LC (KTM) April 29, 2022 0

एजेन्सी।

रियालिटी शो ‘बिग बोस १३’ मा सहभागी भएपछि अभिनेत्री शहनाज गिल झनै चर्चामा आइन् ।

बिग बोसका विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएदेखि उनका फ्यानहरु थप चिन्तित बन्न पुगे । उनै सुन्दरी शहनाज भने अब बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी छिन् ।

सलमानको को रियालिटी शो ‘बिग बोस १३’ पछि लोकप्रिय भएकी शहनाज सलमानकै पहलमा सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ बाट बलिउडमा डेब्यु गर्न लागेको भारतीइ मिडियाहरुको दाबी छ ।

सलमान र पूजा हेगडे मुख्य भूमिकामा अभिनय गर्ने फिल्म ‘कभी ईद कभी दिवाली’मा उनले राम्रो भूमिका पाएको मिडिया रिर्पोट बताउँछ ।

फिल्ममा सलमान खानका जेठाजु आयुष शर्माको अपोजिटमा सुन्दरी शहनाज देखिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर