चितवन १६ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवार दिएका नेता उम्मेदवार जगन्नाथ पौडेल कांग्रेसबाट स्वतः निष्कासित भएका छन् ।
कांग्रेसले निर्वाचन आयो गले ताकेको मिति र समयमा उम्मेदवार फिर्ता गरी सत्ता गठवन्धको उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेको थियो ।
तर, यदि आयोगले ताकेको समयमा उम्मेदवार फिर्ता नभए पार्टीबाट स्वत निष्काशन हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पौडेल निष्कासन भएसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल पनि कांग्रेसबाट स्वतः निष्कासित भएका छन् ।