पोखरा १६ वैशाख । पोखरा महानगरपालिकामा सत्तारुढ दलहरुबीच तालमेल नहुने भएको छ । सत्ता गठवन्धनको सहमति अनुसार पोखरा महानगरपालिका एकीकृत समाजवादीले पाएको छ ।
अब सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ । अन्य वडाहरु बिच भने शुक्रबार बसेको दलहरुबीच भएको छलफलमा सहमति नजुटेको हो ।
योसँगै अब सबै वडाहरुमा दलहरुले एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
३३ वटा वडा रहेको पोखरा महानगरपालिकामा अब सत्ता गठवन्धन बिच पनि एक्ला एक्लै प्रतिस्पर्धा हुने भएको छ ।