बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल — OSNepal

बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल

LC (KTM) April 29, 2022 0

काठमाडौं १६ वैशाख । स्थानीय तह निर्वाचनको लागि बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल हुने भएको छ ।

सहमति अनुसार बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने भएको छ । जसमा एमालेको तर्फबाट मेयरमा जनक पौडेल र राप्रपाको तर्फबाट उपमेयरमा सञ्जय खड्का लाई सर्मथन हुने भएको छ ।

चुनावी तालमेलका सहमति अनुसार मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने भएका छन् ।

साथै , राप्रपाले केहि वडा सदस्य पनि पाएको छ । १४ वटा नगरपालिका रहेको बागलुङ जिल्लामा वडा नम्बर २, ३, ४, ७, ११, १२ र १३ नम्बर वडा राप्रपाले पाएको छ ।

साथै , अन्य जिल्लामा पनि मिलेर जाने दुई पार्टीबिच सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर