वाग्मती १६ वैशाख । हेटौंडामा पनि बर्डफ्लू भेटिएको पुष्टि भएको छ । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा स्थितउपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू हो ।
बर्डफ्लूको पुष्टि भएसँगै प्राविधिकसहितको टोली खटाएर उक्त फार्ममा रहेको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।
४ हजार भन्दा बढी कुखुरा रहेको फार्ममा कुखुरा मने थालेपछि वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौँ पठाइएको र सात दिनपछि बिहीबार बर्डफ्लू प्रमाणित भएको भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरले जनाएको छ ।