रसुवा १६ वैशाख । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माओवादीका एक नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत ३५ वर्षीय गणेश बिक रहेका छन् ।
स्थानीय तह निर्वाचनको लागि भोट माग्न जाने क्रममा घरमा बालिका मात्र रहेको अवस्थामा विकले घर भित्र पसेर बालिकाको संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पिडितले प्रहरी सामु उजुरी बयान दिएकी छन् ।
प्रहरीमा पिडितले दिएको उजुरीको आधारमा विकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै विकको विरुद्ध पिडितका बाबुले प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ । भने पिडित बालिकालाई शुक्रबार बिहान रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लागिएको छ ।