धनगढीमा परिवार दलबाट परेकाे उपमेयरको उम्मेदवारी रद्द — OSNepal

धनगढीमा परिवार दलबाट परेकाे उपमेयरको उम्मेदवारी रद्द

LC (KTM) April 29, 2022 0

धनगढी, १६ वैशाख-समानुपातिकको बन्दसूचीमा नाम समावेश भएको पाइएपछि धनगढी उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ ।नेपाल परिवार दलको तर्फबाट विकले धनगढीको उपप्रमुख पदका लागि उम्मेदवारी दिएकी थिइन् ।

समानुपातिकको बन्दसूचीमा नाम समावेश भेटिएपछि उनको उम्मेदवारी रद्द भएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।उनका अनुसार धनगढी- ५ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नम्बर ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी एकीकृत समाजवादी की पार्वतीदेवी भाट, वडा नम्बर ६ बाट राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारीसमेत रद्द भएको छ ।

यसैगरी धनगढी-६ को वडाध्यक्षमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका दिलीपराज भण्डारी, वडा नम्बर ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नम्बर १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवी स्नेहीको नामसमेत रद्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर