भावुक फोटोसहित स्टाटस लेखेकी समिक्षाले किन सच्याइन् फेसबुक स्टाटस ? — OSNepal

भावुक फोटोसहित स्टाटस लेखेकी समिक्षाले किन सच्याइन् फेसबुक स्टाटस ?

LC (KTM) April 29, 2022 0

काठमाडौं -गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक स्टाटस सेयर गरिन् । उक्त स्टाटस सेयर गरेको केही बेरमै सामाजिक संजालमा भाइरल बन्यो । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट समिक्षाको स्टाटसलाई विभिन्न तरिकाले विश्लेषण समेत गरियो । केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग जोडेर समेत हेरे ।

उनले भावुक फोटोसहित

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ,
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ भन्दै सेयर गरेकी थिइन् ।

अहिले भने सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् ।

यो पनि पढ्नुहोस
तिम्रो लागि सधैं म हार्न सक्छु भन्दै भावुक स्टाटस लेखिन् गायिका समीक्षा अधिकारीले

गायिका समिक्ष अधिकारीले भाबुक स्टाटस लेखेकी छन् । उनको स्टाटसमा धेरैले विभिन्न खाले प्रतिकृया दिएका छन् । दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु तिम्रो लागि आफैंलाई पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु भन्दै स्टाटस लेखेकी हुन् ।

गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी उनले यो स्टास लेखेपछि धेरलेैे यो स्टाटसलाई विभिन्न अर्थले अर्थाराखेका छन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ । पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी समिक्षाले जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर