संखुवासभा :
संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेलले नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका छन् ।
गाउँपालिकाको अध्यक्षका लागि पार्टीले पुनःटिकट नदिएपछि पोखरेलले पार्टी परित्याग गरेका हुन् । गत बिहीबार विज्ञप्ति निकालेर पोखरेलले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
एमाले संखुवासभाका जिल्ला कमिटी सदस्य समे रहेका उनी २०७६ को उपनिर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
एमालेले उमेदवार नबनाएपछि रुष्ट बनेका उनले पार्टी परित्याग गरेपनि कुन पार्टीमा जाने भन्ने खुलाएका छन् ।पार्टीका नेताहरूको गुटगत निर्णयले गर्दा आफूले गरेको योगदानको अवमूल्यन गरेको उनले बताए ।