दिल्लीद्वारा कोलकाता ४ विकेटले पराजित — OSNepal

दिल्लीद्वारा कोलकाता ४ विकेटले पराजित

LC (KTM) April 29, 2022 0

काठमाडौं, १६ वैशाख-कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ ।
बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे । दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे । रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएकाे थियाे । कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे ।दिल्लीका कुलदीप यादवले ४ र मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।जितसँगै दिल्ली ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । कोलकाता ९ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर