आईपीएलमा दिल्ली संग कोलकत्ता ४ विकेटले पराजित — OSNepal

आईपीएलमा दिल्ली संग कोलकत्ता ४ विकेटले पराजित

LC (KTM) April 28, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स संग कोलकत्ता नाइट राइडर्स पराजित भएको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको हो । कोलकत्ताले दिल्ली समक्ष १ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै मैदान छिरेको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

दिल्लीको जितमा डेभिड वार्नरले ४२ रन जोडे । यस्तै रोभम्यान पावेलले अविजित ३३ रन जोड्दा अक्षर पटेलले २४ रन बनाए । ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे । कोलकत्ताका उमेश यादवले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन योगफल तयार गरेको थियो ।

कोलकत्ताका लागि नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ खेले । कप्तान श्रेयस एयरले ४२ रन जोड्दा रिन्कु सिंहले २३ रन जोडे । दिल्लीका कुलदिप यादवले ४ तथा मुस्ताफिजुर रहमानले ३ विकेट लिए । जितसँगै दिल्लीले ८ खेलमा ८ अंक जोडेको छ । कोलकत्ताले ९ खेलमा ६ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर