अल्मुताइरले प्रशिक्षण छाडेका खेलाडीहरुलाई भने, म रहुन्जेल तिमीहरु अब कोही पनि राष्ट्रिय टोलीमा पर्दैनौ — OSNepal

अल्मुताइरले प्रशिक्षण छाडेका खेलाडीहरुलाई भने, म रहुन्जेल तिमीहरु अब कोही पनि राष्ट्रिय टोलीमा पर्दैनौ

LC (KTM) April 28, 2022 0

काठमाडौं १५ वैशाख । राष्ट्रिय टिमको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरले प्रशिक्षण छाडेका खेलाडीहरुलाई युद्ध सुरु त गर्यौ अब म अन्त्य गर्छु भनेको बताइएको छ ।

अल्मुताइरले आफूहरुलाई ‘ तिमीहरूले युद्ध सुरु गर्‍यौँ म अन्त्य गर्छु’ भनेर धम्क्याएको भन्दै प्रशिक्षण छोडेका खेलाडीले पत्रकार सम्मेलन गरी विज्ञप्तिमा बताएका छन् ।

उक्त विज्ञप्तीमा अल्मुताइरले आफू रहुन्जेल तिमीहरु कोही पनि राष्ट्रिय टोलीमा नपर्ने समेत चेतावनी दिएका छन् ।

‘उहाँले आफू रहुन्जेल हामी कोही पनि राष्ट्रिय टोलीमा नपर्नेसमेत बताउनुभयो, उहाँले अन्त्यमा तिमीहरूले युद्ध सुरु गर्‍यौँ म अन्त्य गर्छु भन्नुभयो ।’ विज्ञप्तीमा भनिएको छ।

प्रशिक्षण छाड्नुको कारण सार्वजनिक गर्दै गास र बासको सामान्य माग राख्दा अल्मुताइरले आफू रहुन्जेल सम्म कोहि पनि राष्ट्रिय टोलीमा नपर्ने चेतावनी दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर