सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु ,प्रधानमन्त्री ओली भने अनुपस्थित — OSNepal

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु ,प्रधानमन्त्री ओली भने अनुपस्थित

LC (KTM) June 11, 2021 0

काठमाडौँ २८ जेड । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संघीय संसद भवनमा सुरु भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्रीको सहभागीमा ल्होत्से हलमा बैठक सुरु भएको हो ।

ल्होत्से हलमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेताहरुको उपस्थिति रहेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल भने भर्चूअल माध्यमबाट सहभागी जनाउने बुझिएको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर