राष्ट्रिय पौडी प्रतियोगिता यसै महिना हुने — OSNepal

राष्ट्रिय पौडी प्रतियोगिता यसै महिना हुने

LC (KTM) April 28, 2022 0

काठमाडौँ, १५ वैशाख – नेपाल पौडी सङ्घको आयोजनामा २४औँ खुला तथा उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ । यही वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ ।

प्रतियोगितामा कूल २३ विधामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी करिब १५० खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता हङ्गेरीमा हुने १९आँै विश्व पौडी प्रतियोगिता, पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरी आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

यस प्रतियोगितामा १९औँ विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एसियाली खेलका लागि पहिलो चरणको छनोट प्रतियोगितासमेत रहेको सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर