सानै उमेरमा चर्चाको शिखरमा रहेपनि उमेरका कारण ठूलो अबसर गुमाए अनुभवले — OSNepal

सानै उमेरमा चर्चाको शिखरमा रहेपनि उमेरका कारण ठूलो अबसर गुमाए अनुभवले

LC (KTM) April 28, 2022 0

काठमाडौं ।‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् । विकास आचार्यले निर्देशन गर्ने फिल्ममा आँचलसँग मौखिक सहमती भइसकेको बताइएको छ । फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको निर्देशक आचार्यले बताए ।

फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर सुरु गरेकी आँच अन्नत नाइँ नभन्नु ल ६ मा पनि काम गर्न पाउने भएपछि खुशी भएकी छन् ।नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिंदै आएका बालकलाकार अनुभव रेग्मी बढेका कारण फिल्ममा अभिनय गर्न नपाउने भएको बताइएको छ ।

नाइँ नभन्नु ल’ ब्राण्डमा अभिनय गर्दागर्दै लक्का जवान भएका अनुभव यसको नयाँ सिरिजमा भने नअटाउने भएका हुन्। चलचित्र ‘नाइँ नभन्नु ल’ र अनुभव रेग्मी एकअर्काका परिपुरक जस्तै भैसकेका छन्। ‘नाइँ नभन्नु ल’का सिरिज हेर्ने दर्शकका लागि परेका दर्शकलाई अब अनुभब नहुँदा खल्लो महशुस हुने भएको छ ।विकाश आचार्यको ‘नाइँ नभन्नु ल’ ब्राण्डमा अनुभवको इन्ट्री दोस्रो सिरिजबाट भएको हो। उनले चलचित्रको ५ औँ सिरिजसम्म सफल अभिनय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर