काठमाडौं १५ वैशाख । नेपाली कांग्रेसका नेता एंव गृहमन्त्री बालकृष्ण खाँड वागी उम्मेदवार दिएका नेपाली कांगेसका जगन्नाथ पौडेलको निवास पुगेका छन् ।
उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै मन्त्री खाँड पौडेल निवास पुगेका हुन् । पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा चितवन पुगेका खाँड बिहीबार बिहान पौडेललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।
यस अघि पौडेललाई भेट्न पुगेका राज्यमन्त्री उमेश श्रेष्ठलाई पौडेलले आफु उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारिसकेका छन् ।
सत्ता गठवन्धनको सहमति अनुसार भरतपुर माओ वादी केन्द्रले पाएपछि चितवनका कांग्रे स नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् ।