नेता भट्टराइमाथि मनाङ्गेलाई लुकाएको आरोप, थापाले सार्वजनिक गरे यस्तो तस्विर — OSNepal

नेता भट्टराइमाथि मनाङ्गेलाई लुकाएको आरोप, थापाले सार्वजनिक गरे यस्तो तस्विर

LC (KTM) June 11, 2021 0

काठमाडौं २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दिपक मनाङ्गे’ र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईको एक तस्विर समाजिक सञ्जाल सार्वजनिक गरेका छन् ।

प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो मागेको विश्वासको मतमा सहभागी नभएका मनाङे नेता भट्टराईसँगै भएको फोटो थापाले सेयर गरेका हुन् ।

विपक्षीदलको गठबन्धनमा उभिएका मनाङले हिजै प्रदेशको खेलकुद मन्त्रीपदबाट राजीनामा दिइसकेका छन् । गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दीपक मनाङ्गेलाई आखिर कसले लुकाएको रहेछ ?
तस्बिर स्वयं यस्तो बोल्छ, ट्वटिरमा लेखेका छन् ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर