बिरामी भएपछि सत्यमोहन जोशी अस्पताल भर्ना, उपचार हुँदै — OSNepal

बिरामी भएपछि सत्यमोहन जोशी अस्पताल भर्ना, उपचार हुँदै

LC (KTM) June 11, 2021 0

काठमाण्डौ – वाङ्‍मय शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी बिरामी परेका छन् । बिरामी परेपछि उनको ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका थिए ।

उनको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको बताइएको छ । जोशीको उपचारमा संलग्न डाक्टरका अनुसार अहिले उहाँको श्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको छ भने स्वास्थ्यमा पनि सुधार भइरहेको बताइएको छ ।

जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । एक र दुई दिन प्रत्यक्ष निगरानीमा उपचार गरेपछि घर पठाइने अस्पतालले जनाएको छ ।

तस्बिर : सुनील महर्जनको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर