काठमाडौं -नेकपा एमालेका नेता शेरबहादुर तामाङले कांग्रेस महामन्त्री गगन थापालाई जवाफ फर्काएका छन् । थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ट्यूसन पढाउने भनेकोप्रति व्यंग्य गर्दै र तामाङले ‘टयूसन पढाउने भने ज्याला के कति दिने होल भनेका छन् । उनले भनेका छन् एक जना बबुरो बर्बराउँछ र भन्छ, केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु’साँच्चै ट्यूसन पढाउन आयो भने ज्याला (ट्युसन फी) त दिनु नै पर्ला ।
ज्याला चाहिँ के दिने होला ? लौ न बताइदिनु होला, कमसेकम हामीलाई सजिलो हुनेछ ।’ एमाले अध्यक्ष ओलीले केही दिनअघि कांग्रेसको घोषणापत्रलाई एमालेबाट चिट चोरेर बनाएको आरोप लगाए पछि थापाले बुभबार पत्रकार सम्मेलन गरेर ओलीलाई बालकोट गएर ट्यूसन पढाउने’ बताएका थिए । त्यसको कटाक्ष गर्दै एमाले नेता तामाङले यस्तो व्यंग्य गरेका हुन् ।