बलिउड अभिनेत्री अमिषा पटेललाई लाग्यो अहिले सम्मकै गम्भीर आरोप — OSNepal

बलिउड अभिनेत्री अमिषा पटेललाई लाग्यो अहिले सम्मकै गम्भीर आरोप

LC (KTM) April 28, 2022 0

एजेनसी । सन्नी देओलको फिल्म ‘गदर’ मा सकीना म्याडमको भूमिका निभाएकी अभिनेत्री अमिषा पटेल छिट्टै ‘गदर २’ मा फेरि एकपटक देखिने भएकी छिन्, जसको लागि उनी अहिले शुटिङमा व्यस्त छिन् । यसैबीच उनीसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ, जुन निकै स्तब्ध बनाउने खालको छ । अमिषा पटेलमाथि ठगीको आरोप लागेको बताइएको छ ।

हो, यो कुरा मध्य प्रदेशको भनिएको छ, जहाँ उनी एक कार्यक्रममा जानु परेको थियो । अमिषामाथि सामाजिक कार्यकर्ताले ठगी गरेको आरोप लगाएका छन् । यससँगै उनीविरुद्ध प्रहरीमा उजुरी पनि परेको छ । अमिषा पटेलमाथि आरोप छ, ‘कार्यक्रममा आउनको लागि उनले राम्रै शुल्क लिएकी थिइन्, तर उनी कार्यक्रममा ३ मिनेट मात्रै बसिन् र फर्किइन् ।

यस विषयमा आफ्नो बचाउ गर्दै अमिषाले भनिन्,– त्यस कार्यक्रममा आफ्नो ज्यानलाई खतरा थियो र आयोजकले निकै नराम्रो तरिकाले कार्यक्रम आयोजना गरेको थियो । यति मात्र होइन, अमिषा पटेलले आफ्नो ट्विटर ह्यान्डलमा पनि यस विषयमा लेखेकी छिन् । उनले लेखेकि छिन्– ‘उनी अप्रिल २३ मा मध्य प्रदेशको खाण्डवा सहरमा नवचण्डी महोत्सव २०२२ मा सहभागी थिईन् तर स्टार फ्ल्यास इन्टरटेनमेन्ट र अरविन्द पाण्डेले कार्यक्रमलाई राम्ररी आयोजना गर्न सकेनन् ।

साथै अभिनेत्रीले ‘मेरो राम्रो हेरचाह गरेकोमा स्थानीय प्रहरीलाई धन्यवाद दिन चाहन्छु’ पनि लेखेकी छिन् । यस कार्यक्रममा अमिषाले आफ्नो ज्यानलाई खतरा भएको बताएकी थिइन् । यसअघि पनि अमिषा पटेल कानुनी समस्यामा फसेकी छिन् । यसअघि पनि उनलाई ३२ लाख रुपैयाँको चेक बाउन्सको मुद्दामा अदालतले वारेन्ट जारी गरेको थियो ।

यसबाहेक, अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्ना फ्यानहरूसँग आफ्ना सुन्दर फोटो९भिडियोहरू सेयर गरिरहेकी छिन्। उनलाई सामाजिक सञ्जालमा लाखौं फ्यानले फलो गरेका छन् । यसबाहेक आफ्नो कामको कुरा गर्ने हो भने उनी लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेपनि ‘गदर २’ बाट फेरी कमब्याक गर्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर