दाइजो नदिएको निहुँमा बिहे भएको चार दिनमै नवदुलहीमाथि परिवार मिलेर कु टे, दुलहीको उपचार हुँदै — OSNepal

दाइजो नदिएको निहुँमा बिहे भएको चार दिनमै नवदुलहीमाथि परिवार मिलेर कु टे, दुलहीको उपचार हुँदै

LC (KTM) June 11, 2021 0

महोत्तरी-महोत्तरीमा दाइजोको निहुँमा भर्खर बिहे गरेकी दुलही माथि कु टपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कु टपिट भएको बताइएको छ ।

वैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग बिबाह बन्धनमा बाधिएकी उनी माथि चार दिनमै दाइजो नदिएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनलाई कु टपिट गर्न थालेका थिए । कु टपिट सुरु भए लगत्तै नी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् ।

घर फर्किएपछि आफूमाथि झन् धेरै दुर्व्यवहार भएको दुलहीले बताएकी छिन् । कुट पिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको बताइएको छ । कुटपिटमा संग्लन ससुरालाई पक्रा उ गरिएको छ ।

अन्य सदस्य भने भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।उनको विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिईएको थियो । तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर