नव प्रबेशी टोली गुजरात आईपीएलको शीर्ष स्थानमा — OSNepal

नव प्रबेशी टोली गुजरात आईपीएलको शीर्ष स्थानमा

LC (KTM) April 27, 2022 0

आईपीएलमा नवप्रवेशी टोलीको रुपमा प्रबेश गरेको गुजरात टाइटन्सले सबैलाई चकित बनाउँदै आएको छ । उत्कृष्ट खेल प्रर्दशन गर्दै आईरहेको गुजरात इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा बुधबार राति सम्पन्न खेल एकदमै रोमान्चक भएको थियो ।

यस खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले गुजरात समक्ष १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गुजरातले उक्त लक्ष्य २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै राहुल टेवाटियाले अविजित ४० रन जोड्दा राशिद खान ३१ रनमा अविजित रहे । सुबमन गिल २२ र डिभिड मिलर १७ तथा कप्तान हार्दिक पान्डय १० रनमा आउट भए ।

हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए । तर पनि हार टार्न सकेनन् । यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो । हैदरावादका लागि अविशेक शर्माले ६५ तथा एडिन मार्क्रमले ५६ रनको अर्धशतकीय इनिङ खेले ।शशांक सिंहले अविजित २५ तथा राहुल त्रिपाठीले १८ रन बनाए ।

कप्तान केन विलियम्सन ५ रनमा आउट भए । गुजरातका मोहमद शामीले ३ विकेट लिए । यश डायल र अल्जारी जोसेफले १र१ विकेट लिए । गुजरातको सातौं जित हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको गुजरातले ८ खेलमा १४ अंक जोडेको छ । गुजरातले पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा हैदरावादले गुजरातलाई ८ विकेटले हराएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर