राष्टिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाहको ब्यवहार प्रति खेलाडीहरुको असन्तुष्टि , किरण भन्छन्– म खेलाडीको पक्षमा छु — OSNepal

राष्टिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाहको ब्यवहार प्रति खेलाडीहरुको असन्तुष्टि , किरण भन्छन्– म खेलाडीको पक्षमा छु

LC (KTM) April 27, 2022 0

राष्टिय फुटबल टोलीका खेलाडीहरूमाथि मुख्य प्रशिक्षकले अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति तिब्र असन्तुष्टि जन्मिएको छ । खेलाडीले क्याम्प नै छोडेर बिरोध जनाएका छन् । यो बिषयले तहल्का मच्चीरहेका बेला कप्तान किरण चेम्जोङले आफ्नो धारणा बाहिर ल्याएका छन् ।

उनी अहिले नेपालमा छैनन् तर पनि फेसबुक मार्फत उनी आफु खेलाडीहरुको पक्षमा रहेको जनाउ दिएका छन् भने प्रशिक्षकको ब्यवहार प्रति असन्तुष्टि जनाएका छन् । किरणले सामाजिक सञ्जालमार्फत प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै जायज माग उठाउँदा क्याम्प नै छाड्न लाउनु गलत भएको बताएका छन् ।

उनले फेसबुकमा पोष्ट लेख्दै भनेका छन् राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छु, । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैँ खेलाडीको पक्षमा छु। किरण हाल व्यवसायिक फुटबलका लागि भनेर माल्दिभ्समा खेलिरहेका छन्।

एएफसी एशियन कप छनोटको तयारीमा रहेका राष्ट्रिय टोलीका ९ खेलाडीले मुख्य प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै क्याम्प छाडे पछि नेपाली खेल जगत नै तरंगित भएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले टोलीका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छाड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीसँग छलफल समेत गरेका थिए।

तर सधै खेलाडीको पक्षमा बोल्ने प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छाड्न सक्ने चेतावनी दिएपछि खेलाडीले क्याम्प छाडेका हुन्। रोहितसँगै सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत खेलाडीले क्याम्प छाडेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर