१९ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार गर्ने एक जना पक्राउ — OSNepal

१९ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार गर्ने एक जना पक्राउ

LC (KTM) June 11, 2021 0

कञ्चनपुर २८ जेठ । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विक रहेको प्रहरीले जनाएको छ । दुई जनाको समुहले सोही नगरपालिका ५की स्थानीय १९ वर्षीय किशोरीलाई बलात्कार गरेका हुन् ।

एक जनाको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बिहीवार नर्सरीमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि जंगलमा मदिरा सेवन गरी बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

राति नौ बजे सुचना पाउनसाथ जिल्लाबाट खटिएको प्रहरी टोलीलेले विकलाई भने पक्राउ गर्न सफल भयो । पिडित युवतीको हिजो नै स्वास्थ्य परिक्षण गरिएको भएपनि रिर्पोट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर